क्रान्ति केन्द्र सम्वाददाता
प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन- २मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हाफ सेन्चुरी हजार अर्थात् ५० हजार मत कटाएका छन् ।
उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार जितनारायण श्रेष्ठले ९ हजार १ सय ६५ मत प्राप्त गरेका छन् । लगभग १० हजार मत मात्र गणना गर्ने बाँकी रहँदा लामिछाने निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै ४० हजार भन्दा बढी मतले आगाडी रहेका छन् ।
यसअघि सोही क्षेत्रबाट मंसिर ४मा निर्वाचित भएका उनी यसपटक पछिल्लो भन्दा बढी मत ल्याएर निर्वाचित हुन लागेका छन् ।