क्रान्ति केन्द्र सम्वाददाता
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले भारी मतान्तरसहित निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा करिब १५ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याएका छन् ।
वाग्लेले यसअघि मंसिर ४ मा उक्त क्षेत्रबाट विजयी उम्मेदवार रामचन्द्र पौडेल भन्दा बढी मत ल्याएका छन् । पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए ।
पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ-१ मा उपनिर्वाचन भएको हो ।















