क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ कुपही स्थित जनता माध्यमिक विद्यालय खुदिबखारी कुपहीले नयाँ शैक्षिक सत्रको लागि सोमबार कक्षा ९ र १० का विद्यार्थीहरुको लागि पाठ्यसामग्री बितरण गरेको छ ।
विद्यालयको प्रधानाध्यापक सत्यनारायण साहको अध्यक्षता, गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको प्रमुख आतिथ्य तथा सोही वडाका अध्यक्ष कपिलेश्वर साहको विशिष्ट आतिथ्यमामा कार्यक्रम गरि नयाँ शैक्षिक सत्रको लागि पाठ्यसामग्री बितरण गरेको हो ।
अहिलेको अवस्थामा शिक्षालाई पहिलो प्राथमिकतामा राखी अध्यन अध्यापनलाई चुस्त दुरुस्त बनाउन सबैमा प्रमुख अतिथि चौधरीले अग्रह समेत गरे । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई समेत निर्देशन दिए र शैक्षिकमा कुनै किसिमको समस्या भएमा त्यसको तत्कालै समाधान लागि आफु सधैं तत्पर रहने प्रतिबद्धता समेत गरे ।
विद्यालय प्रधानाध्यापक साहले ‘पहिलो लटमा ९ र १० कक्षाका विद्यार्थीहरुको लागि मात्रै पाठ्यसामग्री बितरण भएको हो । अर्को लटमा सबै विद्यार्थीहरुलाई बितरण हुने कार्यक्रम रहेको बताए ।
उक्त विद्यालयमा यसै शैक्षिक सत्रबाट कक्षा १ देखि कक्षा ३ सम्म अंग्रेजी माध्यमको पढाइ समेत सुरु भएको छ ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरी, प्रधानाध्यापक साह, शिक्षक-शिक्षीका, बुध्दीजीवी, समाजसेवी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।