क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका- १ खाँडो खोलास्थित सडकमा दुई लाख १२ हजार भारतीय रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तिलाठी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटेको संयुक्त टोलीले सोमबार चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको भारत बिहारको जिल्ला मधेपुरा रायभिर-१५ घर बताउने ४१ बर्षीय विद्यानन्द कुमार विमललाई उक्त रकमसहित पक्राउ गरेको हो ।
खानतलासीको क्रममा उनको साथबाट २ हजारको ४ वटा नोट, ५००को ३८८ वटा नोट र २००को ५० वटा नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
उक्त रकमसहित विमललाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाइएको डिएसपी सिंहले बताए ।