क्रान्ति केन्द्र सम्वददाता
तिलाठी कोईलाडी गाउँपालिक-४ कोईलाडीमा सोमबार सार्वजनिक बिवाह भवनको एक कार्यक्रम बीच शिलान्यास भएको छ ।
मधेश प्रदेशका पुर्व समाजिक विकास मंत्री तथा हाल प्रतिनिधि सभा सदस्य नवल किशोर साहको प्रदेश संसदीय ऐच्छिक कोषबाट ४० लाखको लागतमा सो बिवाह भवन बन्न लागेको जसपा नेपालका मधेस प्रदेस सदस्य सुरजीत सिंह “गुडडु”ले जानकारी दिए ।
झण्डै ६ बर्ष अघिकै बजेटले अहिले नेपाली काँग्रेसका बुथ सभापति हरेराम प्रसाद सिंहले १० धुर र एलानी १ कठ्ठा १० धुर जग्गामा सो भवन निर्माण हुन लागेको हो ।
गरिब नागरिकले आफ्नो छोरीको बिहेमा लाखौंको लगानीमा बिवाहको लागि टेण्ट, डेकोरेशन लगाउनु नपसोस् भने उद्देश्यले भवन निर्माण थालिएको हो ।
तिलाठी कोईलाडी गाउँपालिका उपाध्यक्ष फुल देवी साहको प्रमुख आतिथ्य र सुरजित सिंहको अध्यक्षतामा भवनको उक्त शिलान्यास कार्यक्रममा वडा अध्यक्ष मुनी लाल मुखिया, टिकुलियाका सशस्त्र इन्स्पेक्टर, नापी शाखाका पूर्व डाइरेक्टर राम नरेश प्रसाद सिंह, जसपा नेपालका बूथ अध्यक्ष दिनेश प्रसाद सिंह, शेखर कुमार सिंह, पूर्व वडा सदस्य गिता देवी मण्डल, जसपा नेपालका नेता शिव मण्डल, स्थानीय समाजसेवी रणधिर कुमार सिंह, मनोज कुमार सिंह, केशव कुमार सिंह, नगेन्द्र मण्डल, नेकपा एमाले नेता मुसहरू शर्मा, वासुदेव मण्डल लगायतका उपस्थिति रहेको थियो ।