क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी-३बाट निर्वाचित प्रतिनिधि सभा सांसद नेपाली काँग्रेसका दिनेश कुमार यादवले आर्थिक वर्ष २०८०/०८१को योजनामा उक्त निर्वाचन क्षेत्र अन्तर्गत पर्ने विभिन्न स्थानीयतह जोड्ने उत्तरी र दक्षिणी भेगका सडकहरुलाई समावेश गरि बजेट विनयोजन गर्न सडक विभागका महानिर्देशकलाई पत्र मार्फत अनुरोध गरेको छ ।
कठौना-पातो हुलाकी सडक अन्तर्गत कार्य भईरहेकोमा प्रगती नभएको, शम्भूनाथ, पत्थरगढा, नर्घो, बनिनिया भारत बोर्डरसम्म सडकलाई बहुवर्षीय योजनामा समावेश गर्नुपर्ने, रुपनी, कटैया, मलेकपुर सिम्रहा सिन्यौन, कन्कट्टा, फकिरा, छिन्नमस्ता, न्यौर बोर्डर, राजबिराज रुपनी सडकको पौवा पिपराही देखि हर्दिया कटैया, भारत बोर्डर कुदनामा फैकरा कंकट्टा पश्चिम नहरसम्म, शम्भूनाथ गाईघट तथा रुपनी गाईघाट सडक, भुतही र डाक्नेश्वरी नगरपालिका वडा नम्वर ४ र ५ जोडने खोलामा पुल, डाक्नेश्वरी नगरपालिका -८ प्रभा कजरा नदिमा पुल, शम्भूनाथ -१मा पर्ने डुमर खोलामा पुल र बिष्णुपुर गाउँपालिका- १ अन्दीपटी स्कुल नजिक नेहरा खोलामा पुलका लागि पत्र मार्फत सडक बिभाग महानिर्देशकलाई ध्यानाकर्षण गराएको छ ।