क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको कंचनरुप नगरपालिका- १बैरवा टोलमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । मंगलबार बिहान बिनय खंगको जस्तापत्ताको घरमा खाना पकाउने क्रम्मा चुलोबाट आगो सल्की आगलागी हुँदा उनीसहित रामेश्वर खंग र धुरेन्द्र खंगको घर जलेर नष्ट भएको हो ।
आगो निभाउने क्रममा बिनय खंग तथा स्थानीय राजेन्द्र सदा घाइते भएका छन् । बिनयको ढाड र पिठयु जलेको तथा जस्ताबाट राजिन्द्रको नाकमा काटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए । दुबै जनाको धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भइरहेको छ ।
आगलागीमा नौ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी कंचनरुप नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानियबासीहरुको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।