क्रान्ति केन्द्र सम्वाददाता
जनकपुरधाममा जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा काठमाण्डौंमाथि सप्तरीले रोमाञ्चक जित हात पारेको छ ।
सोमबार रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशाला भएको खेलमा काठमाडौंलाई सप्तरीले ५ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएका थिए । जसमा सप्तरीका लागि रोहन विकले सार्वधिक ४० रन, अभिषेक कार्कीले १२ र विक्रम दासले दश रनको योगदान दिएका थिए ।
काठमाण्डौंका इसान पाण्डे र गजेन्द्र बोहराले ४/४ विकेट लिएका थिए ।
१०२ रनको लक्ष्य पछ्याएको काठमाण्डौँले २० ओभरमा ९ विकेट गुमाएर मात्र ९६ रन बनाउन सके । काठमाण्डौँका अशोक पौडेलले २४, गजेन्द्र बोहराले १७ र समिर कंडेलले दश रनका योगदान गरे ।
सप्तरीका राहुल मण्डलले तीन, पप्पु यादव र नितेश यादवले दुई/दुई विकेट लिएका थिए । यस खेलको म्यान अफ द म्याच रोहन विके घोषित भएका थिए ।