क्रान्ति केन्द्र सम्वाददाता
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रीय महासचिवमा निर्वाचित दुर्गानन्द ठाकुरलाई रुपनी गाउँपालिकाले सम्मान गरेको छ ।
आइतबार गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा पालिका अध्यक्ष दिनेशकुमार यादवले उनलाई दोसल्ला ओढाएर उनलाई सम्मान गरेका हुन् ।
रुपनी गाउँपालिकास्थित कन्छु नरप्रताप माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षका रुपमा प्रतिनिधित्व गर्दै ठाकुर सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको मधेस प्रदेश समितिको अध्यक्ष तथा केन्द्रीय महासचिव पदमा निर्वाचित भएको हो ।
चैत २१ र २२ गते संघिय राजधानी काठमाडौंमा आयोजित सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रीय सम्मेलन तथा तेश्रो महाधिवेशनवाट ठाकुर महासचिव पदमा निर्वाचित भएका हुन् ।
ठाकुरको नेतृत्वमा जिल्ला कै पुराना विद्यालय मध्ये एक रायपुर स्थित कन्छु नर प्रताप माविको शैक्षिक वातावरण उदहरणिय बनेको पालिका अध्यक्ष यादवको भनाई छ । ठाकुर कन्छु नर प्रताप माविको लगातार दुई कार्यकालदेखि अध्यक्ष पदमा निर्वाचित हुँदै आएका छन ।