क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको अग्निसाईर कृष्णसावरण – ४ प्रसवनी बस्ने छुतहरु मरिकको श्रीमति ३० बर्षीय कंचन मरिकले बिष सेवन गरेकी छिन् ।
आज आइतबार घरायसी बिषयमा श्रीमानसँग बादविबाद हुँदा उनलेे केसाईक्रिन नामक विषादी सेवन गरेकी हुन् । उनको स्थानीय अहिर अस्पताल जन्डोल सप्तरीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै आजै सप्तरीको राजगढ गाउँपालिका- ६ कनकट्टा बस्ने आभाष मियाँको १५ बर्षको छोरा मो.अमिरले घरायसी बादविवादको कारण तरकारी बालीमा छर्ने सुपर किलर नामक बिषादी सेवन गरेको प्रहरीले जनाएको छ । उनको गजेन्द्र नारायण सिहं अस्पताल राजबिराजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।