क्रान्ति केन्द्र सम्वाददाता
आज हिन्दुहरुको भगवान हनुमानजीको जन्मोत्सव विभिन्न पूजापाठा गरि मनाइदैछ । देशै भरिको हनुमान मन्दिरहरुमा बिहानै देखि पूजापाठ र हनुमान अराधना गर्न भक्तजनहरूको भीड लागेको छ ।
हनुमान पूजारीहरुको अनुसार हनुमान जन्मोत्सवको दिन हनुमानजीको साथ-साथै भगवान श्रीराम र माता सिताको बिधिवत पूजा गरेपछि भक्तजनको सबै काल कष्ट, दुख र पिडा नाश हुन्छ । आजको दिन हनुमान अराधना गर्नेलाई सबै दुख नाश हुने धार्मिक मान्यता छ । अराधनाकोसाथै तिलको तेलमा नारंगी सिंदुर मिसाएर चढाउँदा हनुमानजी अति प्रशन्न हुन्छ । राती पुष्प, जल, लड्डु र पंचामृत चढाएपछि त्यतिकै प्रशन्न हुन्छ ।
रामभक्त हनुमानलाई कलयुगका देवता र छिटो आफ्नो भक्तजनको पुकार सुनने देवता पनि भन्ने गर्छन । हनुमानजी भगवान शिवका ११औं अवतारको रुपमा मानिने गर्छन ।
चैत्र महिनामा किन मनाईन्छ हनुमान जन्मोत्सव ?
धार्मिक मान्यता अनुसार हामी सबैलाई थाह नै छ, हनुमान जी भगवान शिवका ११ औं अवतार हो र उनलाई अष्ट सिद्धियां र नो निधियां प्राप्त भएको छ । हनुमानजीलाई शक्तिशाली भगवानको रुपमा मानिन्छ । एक चोटी हनुमानजी बाल्य अवस्थामा हुँदा उनलाई धेरै जोडले भुक लागेको थियो । हनुमानजीले सूर्य देवतालाई फल समझेर आफ्नो शक्तिका बलमा सूर्य देवका भोजन गरेको थियो ।
हनुमानजीले जतिबेला सूर्यदेवलााई खाँदै थिए त्यतिबेला त्यहाँ राहु पनि थियो । हनुमानजीलाई सूर्यदेवताको भोजन गर्दै रहुले हेर्दा उनी देवराज इंद्रलाई सबै कुरा सुनाए । राहुको कुरा सुनेर इंद्रदेव क्रोधित भएर हनुमानजीलाई दंड दिन उनको माथी वज्र प्रहार गरेको थियो । वज्र प्रहारबाट हनुमानको ढोढ़ीमा चोट लागेको थियो र उनलाई रिंटा लाग्यो । त्यो कुरा हनुमानजीको पिता पवनदेवलाई थाहा भयो । उनी क्रोधित भएर पूरै ब्रह्रांडका प्राण वायुको रोके । पूरै ब्राह्मडका प्राणवायु रुके पछि सबै जनामा हाहाकार मचियो । ब्रह्राजी पवनदेवलाई बुझाएर हनुमानजीलाई जीवनदान दियो । त्यो दिन चैत्र महिनाको पूर्णिमा तिथि थियो । तर हनुमान जीको नयाँ जीवनदान प्राप्त भएको थियो, यहि कारणले हरेक वर्ष चैत्र महिनाको शुक्ल पक्षका पूर्णिमा तिथिको हनुमान जन्मोत्सवका रूपमा मनाईन्छ ।
हनुमान भनेको के हो ?
संस्कृत भाषाम हनुको अर्थ ढोढ़ी हुन्छ । पौराणिक कथा अनुसार देवराज इंद्रका वज्र प्रहारबाट बजरंगबलीका ढोढ़ी चोटबाट उनका ढोढ़ी तेर्सोभएको थियो । त्यसैले भगवान बजरंगबलीका नाम हनुमान राखेको छ ।