क्रान्ति केन्द्र सम्वाददाता
जिल्ला प्रहरी कार्यालयमा जसपा नेता केदार यादवमाथि प्रहरी निरीक्षक नविन थापा मगरले हातपात गरेको प्रकरणमा निरिक्षक थापा मगरलाई निलम्बनको लागि सिफारिस गर्ने र उक्त विषयलाई लिएर भइरहेको आन्दोलन हाललाई स्थगित गर्ने सहमति भएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट सो निर्णय गरिएको हो ।
बैठकमा नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साह, नेकपा एमालेका देवनाथ यादब, माओवादी केन्द्रका बिनोद यादब, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोद शाह, जनता समाजवादी पार्टी नेपालका जिल्ला उपाध्यक्ष उमेश प्रसाद यादब, नेकपा एसका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादब, माओवादी केन्द्रका बलराम यादब लगायतका उपस्थिति रहेको थियो ।
मंगलबार महादेवा गाउँपालिकाको एकजनाको मुद्दामा छलफल गर्न जिल्ला प्रहरी कार्यालय गएका यादव माथि प्रहरी निरीक्षक थापा मगरले अध्यक्ष यादब माथि हातपात गरिएको थियो । सो घटनाको बिरोधमा जसपा नेपालका नेता तथा कार्यकर्ताले हिजैबाट आन्दोलन गर्दै आएका थिए ।