क्रान्ति क्रेन्द्र सम्वाददाता
सप्तरीको सदरमुकाम राजबिराजमा बुधबार गरिएको मसाल जुलुस प्रदर्शनमा प्रहरी र जसपा नेता निरज मुक्तिबिच घम्साघम्सी भएको छ ।
जसपा निकट विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले जुलुसलाई रोक्न खोज्दा प्रहरी र नेता मुक्ती बिच केहीबेर घम्साघुएम्सी भएको हो ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीका ईन्सपेक्टर नविन थापा मगरले जसपाका सप्तरी जिल्ला अध्यक्ष केदार यादवलाई हातपात गरेको बिरोधमा उनीहरुले विरोधमा जुलुश प्रदर्शन निकालेका थिए । प्रहरीले उनीहरुलाई रोक्न खोजेको थियो । त्यस क्रममा नेता मुक्तीलाई हातमा चोट समेत लागेको छ ।