क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा एकैदिनमा एकै गाउँपालिकाका दुई महिलाले बिषादी सेवन गरेकी छिन् । सोमबार महादेवा गाउँपालिका -४ गडहा टोल बस्ने ओमप्रकाश मिश्रको श्रीमती ३५ बर्षीय मनिता देवी मिश्र र महदेवा गाउँपालिका- ६ बस्ने दुर्गान्नद चौहानको श्रीमती २२ बर्षीय सुबिता कुमारीले बिषादी सेवन गरेकी हुन् ।
बिहान ८ बजे बिषादी सेवन गरेकी मनितालाई भारदह अस्पतालमा उपचार पश्चात थप उपचारको लागि घोपा धरान पठाइएको प्रहरीले जनाएको छ । उनले बिषादी सेवन गरेकी कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै बिहान साढे दश बजेतिर घरायसी वादबिबादको कारण बिषादी सेवन गरेकी सुबिताको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।