क्रान्ति केन्द्र सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनको लागि चितनवन–२बाट आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।
चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन २ बाट नै निर्वाचित भएका थिए तर नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । आगामी बैशाख १० गते चितवन, तनहुँ र बारामा उपनिर्वाचन हुन लागेको हो ।
चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।