क्रान्ति केन्द्र सम्वाददाता
जबरजस्ती करणी मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई ९ बर्षपछि सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन मलेठ गा.वि.स.वडा नम्बर ७ हाल राजविराज नगरपालिका-९ वस्ने ४२ बर्षीय मो.जाबुल मिँया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कौसिला कुमारी रामले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०७० साल १२ महिना २० गतेका दिन मियाँलाई ६ वर्ष कैदको फैसला सुनाएको थियो । त्यसपछि मिँया फरार रहेको थियो ।
पक्राउ परेका उनलाई आइतबार सप्तरी जिल्ला अदालतबाट तोकिएको कैद भुक्तानको लागि कारागार पठाइएको छ ।