क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा ट्रायक्टर पल्टिँदा एक युवक घटना स्थलमै मृत्यु भएको छ ।
आइतबार बोदेबर्साईन नगरपालिका ३ सारसरस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढी तर्फ जादै गरेको प्र-२-०१-००१ त २५१७ नम्बरको ट्रायक्टर आफै अनियन्त्रित भई पल्टीदाँ ट्रेक्टर चालक सोही पालिका-१ बस्ने अशोक यादवको छोरा २२ बर्षीय पंकज यादवको घटनास्थलमानै मृत्यु भएको हो ।
लासको पोस्टमार्टम तथा घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।