क्रान्ति केन्द्र सम्वाददाता
जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराज हटिया निर्माणको सम्बन्धमा चासो हेराएको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीको फेसबुक पेजबाट पोस्ट गर्दै राजविराजको यो हटिया भवन बन्ने चाही कहिले हो ? भन्दै प्रश्न गरेको छ ।
हटियाको भवन नबन्दा मालपोत रोडमा सडक व्यवस्थापन अस्तब्यस्त भएको भन्दै हटिया निर्माणमा चासो रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको छात्रावास भवन, बसपार्क राजविराजदेखि सखडा, कञ्चनपुर, भारदह, रुपनी र सिरहा हुलाकी सडकमा भैरहेको ढिलासुस्ती र बेथितिको कारण के होला ? भन्ने प्रश्न जिल्ला प्रहरीले गरेको छ ।
राजदेवी रोडवाट छुट्नु पर्ने बसहरु बिच बजारमा बस स्टप बनाएर संचालन भइरहेको र फुटाफाथमा पसल राखेर पैदल यात्रु सडकबाट हिड्न बाध्य रहेकोले यसले असर पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
‘विकासका योजनाहरु अलपत्र पारेर हराउने ठेकेदार विरुद्द सम्वन्धित निकाय मौन वस्न हुदैन् ।’ जिल्ला प्रहरी कार्यालय सप्तरीको भनाई रहेको छ ।