क्रान्ति केन्द्र सम्वाददाता
नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा महासंघको सप्तरी शाखाले रक्तदान कार्यक्रम गरेको छ ।
उक्त अवसरमा बिहिवार गजेन्द्र नारायण सिंह अस्पताल स्थित
रक्तदान संचार केन्द्रमा पत्रकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका २४ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अध्यक्ष बैधनाथ यादब, संचारकर्मीहरु जितेन्द्र झा, रामनारायण यादब, रक्षा चौधरी, कमल मण्डल, रमानन्द देव, दिपेश देव जोशी, संजिव दास रहेका छन् ।
त्यस्तै प्रहरीहरु सई प्रराज चौलागाई, सागर मल्ल, अजय चौधरी, जितेन्द्र यादब, सुमन चौलागाई, कौशल पुन, नवराज श्रेष्ठ, रामशरण महतो, शिरोमनि साह, सशस्त्र प्रहरी वल तर्फ सई सजित श्रेष्ठ, केवल कार्कि, हेमबहादुर सेढाई, कुमार सिवभक्ती, कृष्ण लामा, श्यामकुमार श्रेष्ठ, र सुजन बैरवाले रक्तदान गरेको महासंघका सचिव रामनारायण बिश्वासले जानकारी दिए ।
सो अवसरमा पुर्व मन्त्री शैलेन्द्र प्रसाद साह र शाखा सप्तरी कावा बैधनाथ यादबले संयुक्त रूपमा केक काटेको थियो ।
उक्त अवसरमा शाखाका पूर्व अध्यक्ष बैधनाथ झा, मुरली यादब, प्रेस मंचका केन्द्रिय महासचिव अबधेश झा, प्रेस मंच सप्तरीका अध्यक्ष भूषण सिँह, प्रेस युनियनका केन्द्रीय सदस्य मिथलेश यादब, शाखा सप्तरीका सचिव रामनारायण बिश्वास, कोषाध्यक्ष नवीन गुप्ता, समाजसेवी हितनारायण लाल दास, संचारकर्मि चन्दन यादब, बिन्दु यादब, प्रियासिंह थारू, कृष्णा मण्डल, परिष कर्ण, शैलेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो ।