क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा इँटा भट्टाको पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मंगलबार रुपनी गाउँपालिका- २ पिपराहीस्थित जेएसर ईट्टा भट्टा उद्योगमा पर्खाल भत्किँदा त्यहाँ काम गर्ने भारतको पश्चिम बंगाल राज्यको कुचविहारका ४५ बर्षीय अलिम अजमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएपछि उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदा त्यहाँ चिकित्सकले अलिमलाई मृत घोषणा गरेको हो ।
पर्खाल भत्किँदा मृतकको श्रीमती मुजिना बिबि र पश्चिम बंगालको सिहमारीका २५ बर्षीय जयारुल हक घाइते भएका छन् । उनीहरुको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।