क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा दुर्घटनामा परेर एकै परिवारका एक दुधे बालकसहित तीनजना घाइते भएका छन् ।
सोमबार कंचनरुप नगरपालिका-१० बदगामा स्थित पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४६० नम्बरको बसले सोहि दिशा तर्फ आउदै गरेको प्र २-०१-००२-प ०९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकमा सवार एकै परिवारका तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक सप्तरीको तिरहुत गाउँपालिका- १ धनपुरि बस्ने २५ बर्षी राजकुमार यादब, उनको श्रीमति २४बर्षीय बबीता कुमारी यादव तथा उनीहरूको १० महिनाका छोरा रहेका छन् ।
बालकको अनुहारमा चोट लागेको छ भने उनीहरुको हात र खुट्टामा चोट लागेको छ ।
घाइतेहरुको स्थानिय एमडिस अस्पताल रुपनगरमा उपचार भईरहेको तथा बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ । घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।















