क्रान्ति केन्द्र सम्वाददाता
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सप्तरी जिल्ला अध्यक्ष रंजिव साहले आफ्नो पदबाट राजीनामा दिएका छन् । बिहिबार उनले अनेरास्ववियुको केन्द्रीय कमिटी तथा मधेश प्रदेश कमिटीलाई पत्रचार गर्दै राजीनामा दिएको जनाएका छन् ।
हालै सम्पन्न स्ववियु निर्वाचनमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा अध्यक्ष पदका उम्मेदवार रहेका उनले समाजवादी विद्यार्थी युनियनले निर्वाचनमा सबै उपाय लगाउँदा आफ्नो पार्टीले त्यसको प्रतिवाद नगरेको उल्लेख गरेका छन् । उनले सवियुका नेता कार्यकर्ताले आफुमाथि प्रहार गरेर गम्भीर घाइते बनाएपनि पार्टीले त्यसको उचित प्रतिवाद नगरेको जनाएको छ ।
निर्वाचनमा देखिएको गतिविधिबाट दुखि रहेका उनले राजनीमा दिएसँगै चुनावमा मदत गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।