क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको बिष्णुपुर र राजगढ गाउँपालिकाबाट विद्युत चुहावट गर्ने ६ जनालाई बिहिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सप्तरी विष्णुपुर गाउँपालिका -४का ६०बर्षीयनारायण खंग, ३४ बर्षीय बिजय कुमार मण्डल, ६१ बर्षीय राजकुमार खंग, वडा नं ३ बस्ने १८ बर्षीय रबिन्द्र कुमार मण्डल,राजगढ गाउँपालिका- ६ बस्ने २४ बर्षीय डोमि राम, १८ बर्षीय सुन्दर कुमार राम रहेका छन् ।
प्रहरी र नेपाल बिधुत प्राधिकरणको कर्मचारी संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिप्रका सप्तरीमा बुझाईएको छ । घटनावारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए ।