क्रान्ति केन्द्र सम्वाददाता
पेस्तोलसहित पक्राउ पर्नेमा अर्कोको पहिचान खुलेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका-१ डुमरीका रोशन यादव रहेका छन् ।
सप्तरीको तिलाठीकोईलाडी गाउँपालिका-१ नेपाल- भारत सिमा क्षेत्रबाट चाईनिज पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र तथा नेपाल प्रहरीको संयुक्त गस्तीले आइतबार उनीहरूलाई पक्राउ गरेको रेको हो । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका -२ महुवाका सोनु राय रहेको प्रहरीले जनाएको छ । Made in USA र अर्को पट्टी China लेखेको अटोमेटिक म्यागजिन सहितको पेस्तोल १ थान बरामद गरेको उनले बताए ।
निजलाई प्रारम्भिक सोधपुछ गर्दा राजबिराज नगरपालिका- १ डुमरी बस्ने रोशन यादवले उक्त पेस्तोल दिएको भन्दा रोशन यादवलाई समेत नियन्त्रणमा लिएर घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।