क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा एकसाता भित्रै तीनजनाको झुण्डिएर मृत्यु भएको छ । बुधबार सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका-१४ बिसनपुर टोलकी ब्रहमदेव मुखियाको छोरी १८ बर्षीय आशा कुमारी मुखियाको झुण्डिएर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको सुत्ने कोठामा बाँसको बलोमा सलको पासो लगाएर झुण्डिरहेको उनको आमाले हेर्नसाथ होहल्ला गर्दा स्थानीयले प्रहरीलाई जानकारी गराएको थियो ।
अग्निसाईर कृष्णसवरण गाउँपालिका- ४ प्रसवनिका ३५ बर्षीय बन्जरा सदा शनिबार आँपको बोटमा झुण्डिएको अवस्थामा फेला परेका थिए । रुखको हाँगामा गलबन्दीको पासो लगाई झुण्डि छटपटि रहेको उनलाई स्थानियहरुले पासो खोलेर घरको बरण्डामा ल्याइएको थियो । तर उपचारको लागि गाडी खोजिरहँदानै उनको मृत्यु भयो।
आइतबार बलानबिहुल गाउँपालिका-१ मल्हनियाका ३५ बर्षीय बिनोद मण्डल आँपको रुखमा झुण्डिएर मृत अवस्थामा पाइएको थियो ।