क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा बहुविवाह मुद्दामा एकजनालाई १४ महिना कैद भुक्तानको लागि बुधबार कारागार चलान गरिएको छ ।
छिन्नमस्ता गाउँपालिका -२का २४ बर्षीय सुरेन्द्र खंगलाई बहुविवाह मुद्धामा २०७६साल ०९ महिना २९ गते सजाय गरिएको थियो । तर उनी फरार भएका थिए ।
फरार रहेका उनलाई मंगलबार सप्तरी प्रहरीले पक्राउ गरेका छन् । बुधबार सप्तरी जिल्ला अदालतमा पेश गर्दा उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार राजविराज सप्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।