क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-७ मंसापुर लवटोलियामा मंगलबार बेलुका आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ ।
स्थानीय दर्शन सरदारको गोठबाट बालेको घुरबाट अचानक आगलागी हुँदा जस्ताले छाएको एक वटा गाई गोठ, दुई वटा घर र घर भित्र रहेको लताकपडा, भाँडाकुडा, काठपात, अन्नपात, पानी ताने मोटर गरी ८ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । १५ तोला चाँदी तथा ५० हजार नगद रुपैयाँ समेत जलेर नष्ट भएको छ । आगो नेपाल प्रहरी,सशस्त्र प्रहरी ,स्थानियबासी र हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । घटनामा मानबिय तथा चौपाया क्षति नभएको छ भन्ने घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । बुधबार पीडित परिवारलाई तिलाठीकोइलाडी गाउँपालिका गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झा र सोही वडाका वडाअध्यक्ष हरिनारायण मण्डलले राहत सामग्री प्रदान गरेका छन्। उक्त अवसरमा गाउँपालिका अध्यक्ष अरुण कुमार मंडल पनि उपस्थित थिए ।