क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी जिल्लाको महादेवा गाउँपालिका -४ मनियार परसाही टोलमा आफ्नै सालीलाई रंग लगाउँदै गरेका भिनाजुलाई स्थानीय केटाहरुले कुटपिट गर्दा दुई पक्षबीच ठूलो झडप(ग्यांग फाईट) भएको छ । सोही पालिका-१ चिम्टीका २५ बर्षीय योगेन्द्र सरदार मंगलबार आफ्नो ससुराली होली खेल्न गएका थिए । सालिलाई घर बाहिर रंग लगाउने क्रममा गाउँको केटाहरुले उनलाई कुटपिट गरेको थियो ।
त्यसपछि योगेन्द्रले फोन गरी आफ्नो गाउँ बाट ८०/९० जना साथिहरुलाई बोलाउँदा दुई पक्षबीच झगडा चर्किएको थियो । कुटपिटमा संलग्न २ जना प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । योगेन्द्रसहित फरार रहेको अन्य मानिसहरु खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।















