क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा एक महिलाले आत्महत्या गरेकी छिन् । डिप्रेसनको कारण बिष सेवन गरेकी सप्तरीको राजबिराज नगरपालिका -७ खर्साल टोलकी ४२ बर्षीय सिमा यादवको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार मुसा मार्ने कमाण्डो नामक विषादी सेवन गरेकी उनलाई छिन्नमस्ता अस्पताल राजबिराजमा समान्य उपचार पश्चात थप उपचारको लागि बिराट मेडिकल कलेज बिराटनगर लगिएको थियो ।
उक्त अस्पतालमा चेकजाँच गर्दा बुधबार बिहान साढे चार बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।