क्रान्ति केन्द्र सम्वाददाता
प्रेस मञ्च नेपाल सप्तरीले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । आइतबार राजविराजमा भएको प्रेस मंच नेपालको दोश्रो सप्तरी जिल्ला अधिबेशनबाट भूषण कुमार सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र कुमार झा (जितु), सचिवमा विदयानन्द राम, सह–सचिवमा धर्मपाल राउत, कोषाध्यक्षमा प्रवेश कुमार मिश्र चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा गंगा प्रसाद साह, रामनाथ यादव, राजु शर्मा, किशोर पासवान, रामनाथ चौधरी, सोरभ यादव, उमेश साह चन्दा साह, राधा चौधरी र रुपेश यादव रहेका छन् ।