क्रान्ति केन्द्र सम्वाददाता
होली पर्वलाई लक्षित गरेर सप्तरी प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको छ । यस अवसरमा सप्तरी प्रहरीले ८ सय १५ प्रहरी परिचालन गर्दैछ भने जिल्लाका संवेदनशील ४५ स्थानमा पिकेट डिउटी, १८ स्थानमा ट्राफिक सहितको चेकिङ प्वाईन्ट, ९ वटा मोबाईल गाडी , २५ वटा QRT परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
होली पर्वलाई सभ्य र भव्य रुपमा मनाउन सप्तरी प्रहरीले सर्वसाधारण नागरिकमा अपिल गरेको छ । कुनै किसिमको उचृङखल क्रियाकलाप तथा कसैको ईच्छा विपरित रङ्ग,अबिर,पानी,केमिकल लगाइए कानुनी कारबाही हुने चेतावनी समेत प्रहरीले दिएको छ ।
गरगहना लगाएर होली खेल्न नचान, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, ट्राफिक नियमको पलना गर्न, ठुलोठुलो स्वरमा संगित वा माईक नवजाउन, हल्ला नगर्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।
सप्तरी प्रहरीले सुरक्षा सम्बन्धी सहयोग चहिएमा प्रहरीको नम्बर १०० वा ९८५२०९०२७० मा सम्पर्क गर्न जानकारी समेत गराएको छ ।