क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी जिल्लाको खडक नगरपालिका- ४ पनसेरा बाट अवैध काठसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँको ४५ बर्षीय अशोक सदा रहेको प्रहरीले जनाएको छ ।
सखुवा जातको काठ काँधमा बोकी अवैध रुपमा लगि रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलिले ७० हजार रुपैयाँ बराबरको काठसहित उनलाई पक्राउ गरेको हो ।
उनलाई काठसहित आवश्यक कारवाहीको लागि बुधबार जिल्ला वन कार्यालय सप्तरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए ।