क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा लघुवित्तिय संस्थाको ज्यादती विरुद्ध प्रदर्शन गरेका छन् । लघुवित्तिय संस्था विरुद्ध संघर्ष समिति सप्तरीले मंगलबार राजविराजमा विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम गरेको छ ।
उनीहरूले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज, लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था तथा समाजवादी अर्थतन्त्रको विकास हुनुपर्ने माग उठाएका छन् ।
उनीहरुले सम्बन्धित पक्षले मागप्रति गम्भीरता नदेखाए थप सशक्त आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।