क्रान्ति केन्द्र सम्वाददाता
माओवादीसहित ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपति काँग्रेसलाई दिनेमा एकमत भएको बताइएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् ।