Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

ओलीले राष्ट्रपतिको लागि अगाडि सारे माधव नेपालको नाम 

ओलीले राष्ट्रपतिको लागि अगाडि सारे माधव नेपालको नाम 

 

काठमाडौँ ‌। एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई औपचारिक रूपमै राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि सारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बालुवाटारमा भेटेर ओलीले पार्टीका तर्फबाट नेपाललाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गरेका हुन् ।

 

ओलीले नेपालको नाममा कांग्रेससहित अन्य दलको पनि सहमति जुटाएर राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन अग्रसरता लिनसमेत प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

 

उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी नीतिअनुसार नै अध्यक्ष ओलीले नेपाललाई प्रधानमन्त्री प्रचण्डसमक्ष राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि सारेको बताए । ‘उपत्यकाबाहिर रहेका कारण विस्तृत रूपमा अपडेटेड त छैन,’ ज्ञवालीले भने, ‘सामान्यतया माधव कमरेडलाई नै उम्मेदवार बनाउने सल्लाह भएअनुसार अध्यक्ष कमरेडले प्रस्ताव राख्नुभएको हो ।’ प्रधानमन्त्री प्रचण्ड स्वयं सकारात्मक रहेका कारण पनि एमालेको प्रस्तावमा नेपालको पक्षमा राष्ट्रिय सहमति जुटाउन थप सहज हुने भन्दै ओलीले पहल लिन आग्रह गरेका थिए ।

 

‘माधव कमरेडलाई राष्ट्रिय सहमतिको उम्मेदवार बनाऊँ, तपाईं उहाँलाई बनाउने कुरामा सकारात्मक नै हुनुहुन्छ, अब यसैमा पहल गरेर कांग्रेसलाई पनि सहमतिमा ल्याउन अग्रसरता लिनुस्,’ प्रधानमन्त्री प्रचण्डसमक्ष ओलीले राखेको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘गठबन्धनमा सहकार्य भएको सहयोद्धाका हिसाबले पनि माधवजीको नाममा कांग्रेसलाई पनि सहमत गराएर सहमतिमा पुग्न सहज हुन्छ, त्यसैले तपाईंले निर्णायक पहल लिनुस् ।’

 

माओवादी केन्द्रका महासचिव देव गुरुङले ओलीले नेपालको नाम प्रस्ताव गरे पनि त्यसैमा सहमति जुट्छ कि जुट्दैन अहिल्यै भन्ने अवस्था नरहेको बताए । ‘उहाँहरू (प्रधानमन्त्री–ओली)बीच के–के कुरा भयो, सबै बुझ्न त पाएको छैन । तर, माधव कमरेडको नाम प्रस्ताव भए पनि त्यसैमा सहमति जुट्न सक्छ कि सक्दैन, छलफल हुँदै जाला, अहिल्यै ठ्याक्कै भन्न सकिँदैन,’ गुरुङले भने ।

 

नेपालको नाममा कांग्रेस सहमत नभए माओवादीसहित अरू दलको मत जुटाएर जिताउने ओलीको योजना छ । यो विकल्प सफल नभई कांग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको अवस्थामा नेकपा एस, रास्वपा, जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता पार्टी, नेमकिपा र केही स्वतन्त्र सांसदहरूको समेत समर्थन जुटाएर भए पनि नेपाललाई राष्ट्रपति बनाउने गरी ओलीले गृहकार्य गरिरहेको उनको सचिवालयले दाबी गरेको छ । लोसपाले भने अध्यक्ष महन्थ ठाकुरलाई अगाडि सारेकाले एमालेले आफूले अगाडि सारेको उम्मेदवारलाई मत दिने दलका रूपमा गणना गरेको छैन । -नयाँ पत्रिका

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मोक्षदा एकादशी आ गीता जयंती : आत्मविकासक समग्र मार्ग

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मिथिलाक कृषि-संस्कृति : नवान्न 

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology