श्रवण वत्स
विश्वकप लिग–२को मंगलबारको खेलमा नेपलाले स्कटल्याण्डमाथी २ विकेटको रोमाञ्चक जीत हात पारेको छ । कप्तान रोहित पौडेलले जिम्मेवारी इनिङ् खेलेपछि नेपालले रोमाञ्चक विजय हात पारेको हो ।
नेपालले टस जीतेर ब्याटिङ्गको लागि स्कटल्याण्डलाई निम्त्याएको थियो । स्कटल्याण्डले ४६ ओभरमा १ बलमा सम्पूर्ण विकेटको क्षतिमा २१३ रनको लक्ष्य नेपाललाई दिएका थिए । नेपालले २१३ रनको लक्ष्य प्राप्त गर्ने क्रममा नेपालको सुरुवात राम्रो रहेन । रोहित र करण केसीले नवौं विकेटको आगि अविजित ७५ रनको साझेदारि गर्दै नेपाललाई बल्यो स्थितिमा ल्याउन सफल रहे । नेपालले आफ्ना ८ विकेटका क्षतिमा ४४ ओभर १ बलमा लक्ष्य हासिल गरे ।
१९रनमा २ बिकेट गुमेको अवस्थामा खेलका सातौं ओभरमा ब्याटिङ गर्न आएका कप्तान रोहितले अविजित ९५ रन बनाए । उनले १ सय १ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, करण केसीले ३७ बलको सामना गर्दै २ चौका र १ छक्का मदतले अविजित ३१ रन बनाए ।
स्कटल्याण्डको लागि जर्ज मुन्सीले ५० बलको सामना गर्दै ९ चौका र २ छक्का मदतले ६० रन र काएल र म्याथ्यु क्रसले ४२ रनको योगदान आफ्ना टिमका लागि दिएको थियो ।
नेपालका बोलिङ्ग तर्फ सन्दिप लामिछानेले आफ्ना १० ओभरमा ४५ रन खर्चिदै महत्वपूर्ण ४ विकेट लिएका थिए । त्यस्तै, करण केसीले ८ओभर १ बलमा ४२ रन खर्चिदै ३ विकेट लिएका थिए । खेलका म्यान अफ द म्याच नेपलाका कप्तान रोहित पौडेलले घोषित भएका छन् ।