क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन यादवलाई दोहोरो जिम्मेवारी दिइएको छ । उनलाई सप्तरीको जिल्ला समन्वय अधिकारीको जिम्मेवारी दिइएको हो । उक्त जिम्मेवारी पाएका यादव सोमबार जिल्ला समन्वय समितिमा पदभार ग्रहण गरेका छन् ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको स्थानीय तह प्रशासन शाखाले फागुन ५ गते उनको नाममा जारी गरेको पत्रमा यादवलाई आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिइएको जनाइएको छ ।