क्रान्ति केन्द्र सम्वाददाता
प्रजातन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा वृक्षारोपण कार्यक्रम गरिएको छ । प्रजातन्त्र दिवस २०७९को अवसरमा आइतबार बिहान जिल्ला प्रशासन कार्यालय सप्तरीको आयोजना तथा डिभिजन वन कार्यालय एवम सरकारी कार्यालयहरुको सहयोगमा कार्यक्रम गरिएको हो ।
सप्तरीको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा गजेन्द्र नारायण चौकबाट निकालिएको र्यालि नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
कार्यक्रममा राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परविन, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्की लगायतका सुरक्षाकर्मीहरु, सरकारीका कर्मचारीहरु, स्थानिय पत्रकार, बुद्धिजीबि ,स्थानियबासी गरी ३ सय जनाको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले बताए ।