क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त (सिके) राउतले खानेपानी परीक्षण घुम्ती सेवा शुरुवात गरेका छन् ।
राउतकाे नेतृत्वमा तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर २ लाैनिँयाबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयाेजना अन्तर्गतको पानी परीक्षण प्रयाेगसाला जनकपुरकाे टाेलीद्वारा साे सेवा शुरुवात गरेकाे हाे ।
शुक्रबार दलान दलिल अभियान अन्तर्गत क्षेत्र नम्बर २ बाट निर्वाचित डा. राउत र मधेश प्रदेश सभा सदस्य सतिश कुमार सिंहले निर्धारित कार्यक्रम अनुसार विभिन्न गाउँहरुमा स्थानीयहरु संग भेटघाट गर्दै छलफल गरि विभिन्न याेजनाहरु बारे चर्चा समेत गरेको थियो ।
मधेपुरा, कट्टी, बनरझुला, टिकुलिया, बरसाईन, कुसहा, सकरपुरा, बेल्ही, लौनियाँलगायतकाे गाउँकाे स्तराेन्नतीका लागि समस्या तथा याेजनाहरु संकलन गरेको जनमत पार्टी तिलाठी काेइलाडी गाउँपालिका अध्यक्ष सुशील कुमार मण्डलले बताए ।
घुम्ती सेवा विभिन्न गाउँहरु हुँदै जानुका साथै कल वा धाराको पानी पिउन योग्य छ वा छैन भने सबैलाई जाँच गराउन डा. राउतले आग्रह गरे । ‘लाैनियाँकाे विभिन्न १० वटा कलबाट पानी संकलन गरि जनकपुर स्थित कार्यालयको ल्याबमा जाँच गर्ने छौं’ केमिस्ट सुनिल चाैधरीले भने ‘स्वास्थ्य चाैकि लाैनियाँकाे कार्यालय नजिकै रहेकाे कलबाट लिइएको पानी जाँच गर्दा ०.००६ एम.जी./ली. मात्र आर्सैनिक भेटीएकाे हाे ।’ सो पानी खाने याेग्य रहेको उनकाे भनाइ थियो । यही वडाबाट पानी जाँच गर्न सञ्चालन गरेकाेले डा. राउतसहित सबैलाई धन्यवाद दिदै, पानी जाँच हुने ल्याब प्रत्येक जिल्लामा हुनु आवश्यक रहेकाे तिलाठी काेइलाडी गाउँपालिका २ काे वडा अध्यक्ष कमल कुमार मण्डलले बताए ।