क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-४ कोईलाडीकी एक महिलाले शरीरमा आगाे लगाएर आत्महत्या गरेकी छिन् ।
तेलियारी टोल बस्ने राजकुमार साहको श्रीमती ३३ बर्षीय राजु देवी साहले शरीरमा कपडा लपेटी शौचालयमा आगो लगाएर आत्महत्या गरेको सोही वडाका वडाअध्यक्ष मुनीलाल मुखियाले जानकारी दिए । घटनाको खबर सुन्न बितिकै घटना स्थल पुगि घटनाबारे जानकारी लिएको वडा अध्यक्ष मुखियाले बताए ।
मृत साहको केही दिनदेखी मानसिक संतुलन राम्रो नरहेको वडा अध्यक्ष मुखियाले बताए । परिवारका सदस्यहरु घर बाहिर रहेको बेला एकान्तमा गएर आत्महत्या गरेको वडा अध्यक्ष मुखियाले बताए ।
मृतकलाई पोष्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याएको सप्तरी प्रहरीका प्रबक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।