क्रान्ति केन्द्र साम्वाददाता
सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरहीविरपुरमा बिहिबार जेभी फाउण्डेशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
फाउण्डेशनका मधेश प्रदेश प्रमुख कुशेश्वर प्रसाद यादव र सोही गाउँपालिका-१ का वडा अध्यक्ष ललन प्रसाद यादबको अध्यक्षतामा आयोजना गरेको कार्यक्रका प्रमुख आतिथि सोही गाउँपालिका अध्यक्ष विद्यान्नद चौधरी र कार्यक्रमको विशिष्ट आतिथि जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादब रहेका थिए।
सो कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरी, कार्यपालिका सदस्य तिर्थनारायण राय, जेभी फोण्डेशन मधेश प्रदेश प्रमुख यादब, गाउँपालिका लेखापाल संजय मेहता, गाउँपालिका १ नम्बर वडाका पूर्व अध्यक्ष बिनोद कुमार यादब, स्वास्थ्य चौकी बरहीबिरपुर सि अहेव दीप नारायण यादब, अनमी सावित्री कुमारी साह, सोही गाउँपालिका-५ लोखरम स्वास्थ्य चौकी प्रमुख राजाबावु मेहता र सखडा स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट श्रवण कुमार साह लगायत २२ जनाले रक्तदान गरेको थियो ।
रक्तदान गर्ने सबैलाई जेभी फोण्डेशनद्वारा प्रमाण-पत्र सहित फलफूल र गम्छा लगाएर सम्मान गरेको थियो । कार्यक्रमको संचालन बरहीविरपुर स्वास्थ्य चौकीका सहायक प्रमुख राजकिशोर गुप्ताले गरेको थियो ।