क्रान्ति केन्द्र सम्वाददाता
जिल्ला प्रहरी कार्यालय सप्तरीका नव आगन्तुक प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कार्कीले आफु संचारकर्मीहरुसँग दुरी बढाउने नभई दुरी घटाउने व्यक्ति रहेको बताए । बुधबार सप्तरीका सञ्चारकर्मीहरुसँग भेटघाट कार्यक्रममा एसपी कार्कीले सदैव पत्रकारसँग सहकार्य गरेरै अगाडि बढ्ने बताए । ‘यदि म भित्र कमी कमजोरीहरु हेर्नु हुन्छ भन्ने मलाई अवश्य जनाकारी गराउनुस् ,तपाईमा यो कमोजरी देखियो भनेर,’ एसपी कार्कीले संचारकर्मीसँग भने ।
पत्रकारहरुबाट आएका कुरालाई सुनेर कार्कीले जिल्लामा शान्ति सुरक्षा, लागूऔषध बिक्रिवितरण, बालविवाह बहुविवाह, चोरी, लगायतका अपराध नियन्त्रण गर्न योजनाबद्ध रुपले लागि पर्ने बताए ।