क्रान्ति केन्द्र सम्वाददाता
धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा अग्नि पिडित परिवारलाइं मंगलबार राहत वितरण गरेको छ । सप्तरीको रुपनी गाउँपालिका–१ नकटी रायपुरमा आइतबार भएको आगलागीबाट पिडितहरुलाई राहत वितरण गरिएको हो ।
क्लवद्वारा पिडित तेज नारायण यादव ,माया राम यादव, राम विलास यादव र अनिल यादवलाई सहयोग स्वरुप १ थान त्रिपाल, १ थान झुल, १ थान तन्ना , लुगाफाटा र भाडाकुडा लगायतका सामाग्रीहरू सहयोग गरेको संस्थाको अध्यक्ष ई. सूर्य नारायण यादवले बताए ।
विगत लामो समयदेखि आफ्ना बुवा आमाको नामबाट सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा क्लवका अध्यक्ष तथा समाजसेवि ई. यादवले राहत वितरण गरि सहयोग गर्दै आएको बताए ।
सो कार्यक्रममा रुपनी गाउपालिका अध्यक्ष दिनेश कुमार यादव, ईलाका प्रहरी कार्यालय रुपनीका प्रहरी नायव निरीक्षक सूर्य नारायण चौधरी, पत्रकारहरु बृजमान तामांग, बिन्दु कुमार यादव, निखिल राउत लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
गत आइतबार राति ११ बजे स्थानीय अनिल यादवको गोठबाट सल्केको आगोले छिमेकी रामविलास यादव, मायाराम यादव र अनिल यादवको घर जलेर नष्ट भएको थियो । आगिलग्गीबाट करीब १५ लाखभन्दा बढीको धन सम्पती क्षति भएको थियो ।