क्रान्ति केन्द्र सम्वाददाता
राजविराज जेसीजको आयोजनामा सोमबार जेसीज सप्ताह २०२३को पाँचौँ दिनको अवसरमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराज परिसर भित्र रहेको नेपाल रेडक्रस सोसाइटीमा रक्तदान गरि कार्यक्रम सम्पन्न भएको छ ।
राजविराज जेसिजको अध्यक्ष जेसी उज्ज्वल काबराको अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा अध्यक्ष जेसी काबरा, उपाध्यक्षद्वय जेसी रिया राय सञ्चेति, होमेस काबरा, महासचिव जेसी रवि रायले रक्तदान गरेका थिए ।
महासचिव रायले आफ्ना जीवन कालमा २१ औं पटक रक्तदान गरेको बताए । जेसिज सप्ताह कार्यक्रममा राजबिराज जेसिज पूर्व अध्यक्षहरु जेसी नानीमाया कटुवाल, कार्यकारिणी उपाध्यक्ष जेसी सुनीत मुन्ना, कोषाध्यक्ष जेसी पंकज देव र शाखा सम्पादक जेसी मनिष दास लगायतको उपस्थिति रहेको थियो ।
राजविराज जेसीजका अध्यक्ष काबराले विगतको तुलनामा यस वर्ष कार्यक्रम सञ्चालनमा तिव्रता ल्याएको र यस्ता कार्यक्रमले नयाँ सदस्य थप गर्न मद्दत पुग्ने जानकारी दिए ।
कार्यक्रम पश्चात महासचिव रवी रायले यस्ता कार्यक्रमले नयाँ रक्तदातामा थप हौसला प्रदान गर्ने जसले उनीहरू रक्तदान गर्ने तर्फ अग्रसर हुने बताए ।