क्रान्ति केन्द्र सम्वाददाता
नेपाली काँग्रेसका भातृ संगठन नेपाल तरुण दलको सप्तरी जिल्ला कार्यसमिति दुई उपाध्यक्षसहित १८ सदस्यीय समितिमा विस्तार गरिएको तरुण दलको अध्यक्ष अर्जुन कुमार यादवले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ।
कार्यसमितिको उपाध्यक्षमा घनश्याम चन्द्र यादव र साजन साफी, सचिवमा रविन्द्र गोइत र श्रीनारायण यादव, सह–सचिवमा सुशान्त मण्डल, विष्णु कुमार मेहता र सन्तोष कुमार साह, कोषाध्यक्षमा चन्द्रविर यादव रहेको छ ।
त्यस्तै, सदस्यहरुमा ज्ञानेश्वर यादव, रुपेश कुमार चौधरी, दिपक ठाकुर, रविन्द्र यादव, रामचन्द्र यादव, सुभाष कुमार यादव, अस्मिता दास, देवेन्द्र शर्मा र हरेराम मण्डल रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
अध्यक्षमा अर्जुन कुमार यादव गत असोजमै चयन भएको नेपाली काँग्रेस सप्तरीका प्रवक्ता नन्दकिशोर यादवले बताए ।