क्रान्ति केन्द्र सम्वाददाता
नेटवर्क समस्याको कारणले जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रवाहमा अवरोध भएको कार्यलयले जनाएको छ । आइतबार एक सुचना जारी गर्दै नेटवर्क समस्याको कारणले नयाँ तथा प्रतिलिपि नागरिकता लगायतका सेवा प्रवाहमा अवरोध भएको र नेटवर्क मर्मत कार्य भइरहेको जनाइएको छ ।
शाखा अधिकृत किशोर कुमार रामद्वारा हस्ताक्षरित उक्त सुचनामा भनिएको छ ‘यस कार्यालयबाट नयाँ नागरिकता र प्रतिलिपि नागरिकता लगायतका सेवा प्रवाह नेटवर्क समस्याको कारणले अवरोध भएको हुँदा नेटवर्क मर्मत कार्य भइरहेको हुँदा सेवा लिन आउने सेवाग्राहीहरुलाई यसबाट पर्न गएको असुविधा प्रति जिल्ला प्रशासन कार्यालय सप्तरी क्षमाप्रार्थी छ ।’
















