श्रवण वत्स
मिथिला कप नकआउट टी–२० चौथों संस्करणको उपाधि बजाज यूथ एकेड्मी (बिवाईए) सप्तरीले प्राप्त गरेको छ । विष्णुपुर गाउँपालिका–६ क्याम्पस मैदानमा युवा शक्ति क्लवद्वारा आयोजना गरिएको चौथों संस्करणको अन्तिम खेलमा बिहिबार कलैया क्रिकेट क्लव (केसिसि) बारालाई २२ रनले हराउँदै बजाज यूथ एकेड्मी सप्तरीले सो उपाधि जितेको हो । कलैया क्रिेकेट क्लव बाराले टस जितेर बजाज यूथ एकेड्मी सप्तरीलाई पहिला व्याटिङ्गको लागि निम्त्याएको थियो । बजाज यूथ एकेड्मी सप्तरीले पहिला व्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा आफ्ना ८ विकेटको क्षतिमा १४३ रनको लक्ष्य तयार पारेको थियो ।
१४४ रनको लक्ष्य लिएर मैदानमा ओर्लेको कलैया क्रिकेट क्लव बाराले २० ओभरमा आफ्ना ८ विकेट क्षतिमा मात्र १२१ रन जोडन सफल भए । ४३ रनको स्कोरमा बाराको ५ विकेट गुमिसकेको थियो । बाराबाट प्रितराज दास र पवन सरफले २८/२८ रनको योगदान आफ्ना टिमका लागि दिएका थिए भने निरज यादवले अभिजीत १५ रनको योगदान दिए ।
बारा टिमलाई सस्तोमा समेटनको लागि बजाज यूथ एकेड्मीका बौलर बसिर अहमेद र विपिन खत्रीले खतरनाक बलिङ्ग गरेका थिए । बसिरले आफ्ना ४ ओभरमा मात्र २० रन खर्चिदै ३ विकेट लिएका थिए भने विपिन खत्रीले ४ ओभरमा मात्र १४ रन खर्चिदै २ विकेट हात पारेको थियो ।
यस अघि बजाज यूथ एकेड्मीको ब्याटिङ्ग तर्फ राज वर्माले ३७ बलको सामना गर्दै ५ चौका मदतले ३९ र बसिर अहमेदले २५ बलको सामना गर्दै १ चौका र १ छक्का मदतले २३ रनको योगदान आफ्ना टिमका लगि दिएको थियो ।
बाराको बोलिङ्ग तर्फ प्रितराज दासले ४ ओभरमा २७ खर्चिदै ३ विकेट लिएका थिए भने भुलन साहनी र जितेन्द्र यादवले १/१ विकेट लिएका थिए । खेलको ‘म्यान अफ द म्याच’ बजाज युथ टिमका बसिर अहमेद घोषित भएको थियो भने ‘म्यान अफ द सिरीज’ सिरहा क्रिकेट क्लव सिरहाका रुपेस सिंह घोषित भएको थियो । त्यस्तै, वेस्ट बोलर एसके स्पोर्ट सप्तरीका रशिद खान भएका थिए भने बेस्ट व्याटर मकवानपुर क्रिकेट टिमका शुभ कंस्कार घोषित भएका थिए ।
विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार नगद सहित शिल्ड प्रदान गरिएको थियो ।