क्रान्ति केन्द्र सम्वाददाता
मधेश सरकारका नवनियुक्त उद्योग पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
माओवादी केन्द्रबाट नियुक्त मन्त्री यादव प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोज कुमर यादवबाट शपथ लिएका हुन् ।
यो संगै अब मधेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनजना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।
अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ ।