Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

फरार सांसद कोइरीविरुद्ध ‘डिफ्युजन नोटिस’को तयारी

फरार सांसद कोइरीविरुद्ध ‘डिफ्युजन नोटिस’को तयारी

                                   
प्रतिनिधिसभाका फरार सांसद लक्ष्मी महतो कोइरीविरुद्ध प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गर्ने तयारी गरेको छ । जसका लागि प्रहरीले उनको ‘लोकेसन ट्रयाकिङ’लाई तीव्र तुल्याएको छ । सूचनाअनुसार कोइरी अहिले भारतमा लुकेर बसेका छन् । मातहतका प्रहरी कार्यालयलाई सोहीअनुसार ‘सर्कुलेसन’ गरिसकेको नेपाल प्रहरीले पक्राउका लागि गोप्य रूपमा टोली परिचालन गरेको हो । पक्राउमा सघाउन प्रहरीले भारतीय समकक्षीसँग पनि अनौपचारिक पहल गरिरहेको छ । तर, सही ‘लोकेसन’ खुल्न नसक्दा सफलता हात पर्न सकेको छैन । यही स्थिति केही दिन लम्बियो भने प्रहरीले कोइरीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्नेछ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी पोषराज पोखरेलले भने, ‘फौजदारी अभियोग लागेका एक सांसद फरार छन् । उनीको खोजीमा प्रहरी लागेको छ । उनलाई पक्राउ गर्न आन्तरिक ‘सर्कुलेसन’ भइसकेको छ । सकेसम्म उनलाई आन्तरिक पहलबाटै पक्राउ पर्ने पक्षमा प्रहरी छ । यदि त्यस्तो हुन सकेन भने ‘डिफ्युजन नोटिस’ जारी गर्नुपर्ने हुन्छ ।’

‘डिफ्युजन नोटिस’ जारी भएलगत्तै कोइरी पक्राउको सूचना ‘इन्टरपोल’को ‘च्यानल’भित्र प्रवेश गर्नेछ । जुन सूचना स्वतः इन्टरपोल सदस्य राष्ट्रका प्रहरीसमक्ष प्रवाह हुनेछ । जसबाट सदस्यराष्ट्रका प्रहरीसमक्ष कोइरी पक्राउमा दबाब पुग्नेछ । देशको सीमाभित्र नरहेका फरार अभियुक्त पक्राउ गर्न प्रहरीले यस्तो अस्त्र प्रयोग गर्छ ।

प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयले पक्राउ आदेश दिएलगत्तै कोइरी भागेर भारत गएका थिए । गृहले कोइरीलाई तत्काल पक्राउ गर्न भन्दै गत ६ माघमा नेपाल प्रहरीलाई लिखित निर्देशन दिएको थियो । तत्कालीन गृहमन्त्री रवि लामिछानेको समेत नाम उल्लेख गरी दिइएको निर्देशनलगत्तै उनी भागेर भारत गएका थिए ।

प्रहरी स्रोत भन्छ, ‘गृह मन्त्रालयबाट पक्राउ निर्देशन जारी भएलगत्तै उनी भागेर भारत गएको सूचना छ । आन्तरिक तवरले उनीविरुद्धको सूचना संकलन भइरहेका छन् । उनी भारतस्थित बिहारको कुनै गाउँमा रहेको सूचना छ । उताका प्रहरीसँग समन्वय भइरहेको छ । लोकेसन पक्का हुनासाथ पक्राउ पर्नेछन् ।’

मधेस आन्दोलनका क्रममा २५ भदौ ०७२ मा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या गरेको अभियोग कोइरीमाथि छ । उपचारका क्रममा अस्पताल लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर असइ विकको हत्या भएको थियो । उनी जलेश्वर सशस्त्र प्रहरी गणमा कार्यरत थिए । उक्त घटनामा कोइरी जोडिएका थिए । उनीविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा चलेको थियो । बहसपछि अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध रिट निवेदन परेपछि उच्च अदालत जनकपुरले जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राख्न आदेश दिएको थियो । त्यसयता उनी फरार छन् ।

गत ४ मंसिरमा भएको निर्वाचनमा कोइरीले महोत्तरी– १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिए । पक्राउ पर्ने डरले उनले निर्वाचन कार्यालयमा वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए । चुनाव पनि जिते । ७ पुसमा अन्य सांसदसँगै शपथ लिए । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट विश्वासको मत लिने क्रममा कोइरी संसद्मा उपस्थित भए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका उनी ५ माघमा भएको सभामुखको निर्वाचनमा पनि सहभागी भए । संसद्मा उनको खुलेआम उपस्थितिलाई लिएर संसद्भित्र चर्को आवाज उठेपछि पक्राउ गर्न गृहले नेपाल प्रहरीलाई लिखित निर्देशन जारी गर्‍यो । त्यसपछि उनी फरार छन् ।

सभार : नयाँ पत्रिका

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology