श्रवण वत्स ,प्रवेश कुमार बाबुल
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ तिलाठीमा यस बर्ष सरस्वती पुजाको अवसरमा शनिबार देखी मंगलबारसम्म अन्तर्राष्ट्रिय कुस्ती महासंग्राम (दंगल) प्रतियोगिता सञ्चालन हुने भएको छ ।
तिलाठीमा विगत सयौं बर्षको ईतिहास रहेको सरस्वती पूजा, सोही अवसरमा हरेक बर्ष अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुँदै आएको थियो । यस बर्ष समेत ४ दिन सम्म अन्तर्राष्ट्रिय कुस्ती महासंग्राम (दंगल) प्रतियोगिता सञ्चालन हुने सरस्वती पुजा समितिका वरिष्ठ उपाध्यक्ष बावु नारायण मिश्रले जानकारी दिए ।
कोरोना महामारीका कारण दुई बर्ष कुस्तीको साथ साथै मेला समेतमा प्रभाव परे पनि यस बर्ष मेलामा विभिन्न मनोराञ्जनात्मक प्रतियोगिताहरु रहेकोले मेला भब्य हुने उपाध्यक्ष मिश्रले बताए ।
छिमेकी देश भारतका विभिन्न राज्यहरुको साथै नेपलाका विभिन्न जिल्लाबाट महिला र पुरुष गरी ४० वटा ख्याति प्राप्त पहलवानहरु अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा सहभागि हुन लागेको वरिष्ठ उपाध्यक्ष मिश्रले बताए । भारतका विहार, पंजाब, राजस्थान, दिल्ली गरी कुल २० वटा महिला पहलावन र नेपालका, रौतहट, पर्सा, बारा, नवलपरासी, मकवानपुर, सप्तरी, सिरहा लगयातका २० वटा महिला र पुरुष ख्याति प्राप्त पहलवानहरु सहभागि हुने मिश्रले बताए ।
वि.स. १९७८ साल देखी सरस्वती पुजाको अवसरमा तिलाठीमा अन्तर्राष्ट्रिय कुस्ती सुरु भएको वडा अध्यक्ष दिनेश्वर मिश्रले बताए । त्यतिबेला पुरस्कारमा एउटा सुन्तला र कहिले ५ लिटर दुध रहेको वडा अध्यक्ष मिश्रले बताए ।
तिलाठीका ख्यातिप्राप्त पहलवानहरु शशीकान्त झा, स्व. खर्पु यादब, सत्यनारायण यादव, हरिसचन्द्र मिश्र, स्व. हरिनारायण (हिरो) यादव लगायतका थुप्रै पहलवानहरु नेपालका जिल्लाहरुको साथ साथै छिमेकी देश भारतका विभिन्न राज्यहरुमा समेत कुस्ती प्रतियोगिता सहभागि हुन जाने गरेको वडा अध्यक्ष मिश्रले बताए ।
विभिन्न गाउँबाट तिलाठीमा कुस्ती खेल्न र सिक्न आउने मान्छेहरु गरेको वडा अध्यक्ष मिश्रले बताए ।